काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी छ दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रसम्वद्ध सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले कोटेश्वरमा आयोजना गरेको चियापान कार्यक्रममा छ दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा बंशलाल तामाङ, लाक्पा दोर्जे तामाङ, चतुरे तामाङ, देवेन्द्र तामाङ, सुवास तामाङ, निमा तामाङ, सरोज तामाङ, प्रताप तामाङ, मिलन तामाङ, आशकाजी तामाङ, बिक्रम तामाङ, कृपा तामाङ, राममाई सुनार, सानुकाजी तामाङ, मिङमार तामाङ, कुमार तामाङ, लाथुङ तामाङ, छेटुप तामाङ, सुवास तामाङ, महेश तामाङ, जिमिस तामाङ, साजन तामाङ, साङ्गे तामाङ, नकुल अधिकारी, लक्पा तामाङ, रमेश तामाङ, विष्णु तामाङ, गणेश थापा मगर, पदम आलेमगर, जगन्नाथ मगर, रामहरि मगर, सुरेश रखल मगर, सुसान भारती, राजन भारती, रमेश आले मगर, विकास तामाङ, रुपबहादुर लामा, सोनम लामा, मिङ्मार लामा, श्रीकाजी तामाङ, बिजुली तामाङ, बीर बहादुर तामाङ लगायत रहेका छन् ।
नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु अग्नि सापकोटा र विश्वभक्त दुलालले पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैको मेहेनतले माओवादी र देशले जित्ने बताउँदै त्यसका लागि जनताको बीचमा जान कार्यकर्तालाई अपील गर्नुभयो ।
छ दर्जन कार्यकर्ता माओवादी केन्द्र प्रवेश
वैशाख २०, २०८३ आइतबार २३:६:२६
क. प्रचण्ड
