छानविनमा रहेका डाक्टरलाई बिरामी जाँच्न रोक्न प्रधानमन्त्रीको निर्देशन

श्रावण ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिनुभएको छ ।
आइतबार बिहान स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत् प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो । निर्देशनमा प्रधानमन्त्रीले भन्नुभयो, नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ । तपाईले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् । प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिनुभएको छ ।

कात्तिक ८, २०८१ बिहीबार २३:११:२०