‘छिट्टै दुबै पार्टी विघटन गरी नयाँ पार्टीको घोषणा गरिने’, प्रचण्ड

नवलपरासी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया छिनै टुङ्गिने बताउनुभएको छ ।

नवलपरासीको बर्दघाटमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई गहकिलो गर्दै अध्यक्ष प्रचण्डले यही फागुन २५ गतेभित्र कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टी एकताका बाँकी कार्य पुरा हुने बताउनुभयो ।
अध्यक्षले भन्नुभयो, ‘दुबै दलको कार्यदलको प्रतिवेदनपछि अन्य प्रक्रिया टुंग्याउने र दुबै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा गरिनेछ ।”

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले सरकारलाई पूर्णता दिएपछि नेपाली जनताको अपेक्षा पुरा गर्न विकासको प्याकेज सरकारले अघि बढाउने बताउनुभयो । संघीय समाजवादी फोरमसँग छलफल टुंगोमा नलागेकोले सरकार बिस्तारमा केही ढिलाई भएको वहाँको भनाई थियो ।

वाम गठवन्धनलाई जनताले झण्डै दुई तिहाई बहुमत दिएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले, समृद्धि र स्थायित्वको निम्ति यसमा नै केन्द्रित भएर लाग्ने बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १०:१२:५०