जनकपुर–जलेश्वर सडक तत्काल निर्माण गर्न प्रधानमन्त्रीको पहल

भदौ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुर–जलेश्वर–भिट्ठामोड सडक तत्काल निर्माण गर्न पहल थाल्नुभएको छ ।
उक्त सडकलाई ६ लेनको बनाउने भनि निर्णय भए पनि निर्माण कार्य सुरु हुन सकेको छैन । पुरानो सडकको पिच उप्किदा सवारी साधनहरु आवत जावत गर्न नसक्ने अवस्था सिर्जना भएपछि पूर्व मन्त्रीसमेत रहनु भएका सभासद एवम् माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा श्रवण यादव, राजु खड्का, रामआधार कापडसहितका माओवादी केन्द्रका नेताहरुसँलग्न प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री कार्यालय शिंहदरवारमा प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्नासाथ प्रधानमन्त्रीले यातायात मन्त्री रमेश लेखकसँग तत्काल सडक निर्माण गर्नेवारे छलफल गर्नुभएको थियो । यातायात मन्त्रीसँगको छलफल पछि प्रधानमन्त्रीले आफ्नो ध्यानाकर्षण भएको भन्दै सडक निर्माणको काम तत्कालै अघि बढ्ने बताउनु भयो ।
सो अवसरमा प्रधानमन्त्रीले आफ्नो ध्यान विकास निर्माण र जनताका समस्या तत्काल सम्वोधन गर्नेतर्फ गएको भन्दै जनकपुर–जलेश्वर सडकको समस्यावारे अवगत गराएकोमा प्रतिनिधि मण्डललाई धन्यवाद दिनु भयो ।

कात्तिक ७, २०८१ बुधबार ७:५:५३