जनज्योति क्याम्पसका प्रमूख माओवादी केन्द्रमा प्रवेश

२७, जेठ । कञ्चनपुर जिल्लाको जनज्योति बहमूखी क्याम्पसका क्याम्पस प्रमूख भोलानाथ शर्मा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । शनिबार एक कार्यक्रमका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शर्मा माओवादीमा प्रवेश गर्नुभएको हो ।
शर्मा नेकपा एमालेसम्वद्ध नेपाल राष्ट्रिय बुद्धिजीवी परिषदका जिल्ला अध्यक्ष तथा नेपाल रेल्बे कम्पनिका भूतपूर्व महाप्रबन्धक पनि हुनुहुन्छ । शर्मासँगै उहाँकी जीवन संगिनी तथा एमालेसम्वद्ध कञ्चनपुर–काठमाडौं सम्पर्क मञ्चकी नेतृ विद्या शर्मा र बुद्धिजीवी नेता श्याम रेग्मी पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँहरु नेतृ बिना मगरको पहलमा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
माओवादी केन्द्र प्रवेश गर्दै शर्माले ‘देश र जनताको मुक्तिका निम्ति लड्ने, सर्वहारा वर्गको सच्चा प्रतिनिधि र देशको विकासको ठोस दृष्टिकोण भएको पार्टी माओवादी केन्द्र नै भएको ठहर गरी आफू माओवादीमा प्रवेश गरेको’ बताउनु भयो । कार्यक्रममा माओवादी केन्द्रका वर्षामान पुन, अग्नि सापकोटा, पम्फा भुसाल, मणि थापा लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बिहीबार २:२८:१७