‘जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि लाग्ने छैन’

राैतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि नलाग्ने बताउनु भएकाे छ । शनिबार रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उहाँले दलाल, भगौडा र कायरलाई तह लगाउनका लागि पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

“सबै दलाल, गद्दार, भगौडा कायरहरुलाई हुंकार दिनुहोस् । आक्रमक ढंगले प्रस्तुत हुनुस् । डराउनु पर्ने कुनै कारण छैन । हामी छौँ तपाईंहरुको साथमा । लड्न परे, मर्न परे सबभन्दा पहिला हामी मर्न तयार छौँ । दृढताका साथ अगाडि बढ्नुस्,” अध्यक्ष भन्नुभयाे ।

उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठुलो दल बन्ने बताउनुभयाे । अध्यक्ष प्रचण्डले भन्नुभयाे,“हामी जित्ने छौँ । आउने निर्वाचनमा माओवादी पार्टी २०६४ सालको जस्तै एक नम्बर पार्टी बन्ने पूरै सम्भावना छ ।”

कात्तिक ७, २०८१ बुधबार ९:११:१७