जनताले तत्काल राहत खोजेका छन्, ‘प्रधानमन्त्री’

भदौ ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको ध्यान तत्काल राहत पाउने कुरामा केन्द्रित भएको बताउनुभएको छ ।
बुधबार माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘जनताको ध्यान तत्कालको राहतमा छ, हामीले ठूला सपना देखाउनु भन्दा पनि जनताको जीवनस्तर बदल्न राहत र प्रभावकारी जनसेवामा लाग्न जरुरी छ ।’
प्रधानमन्त्रीले सरकार जनताको जीवन बदल्न प्रयासरत रहेको भन्दै भन्नुभयो, ‘सिंहदरबारमै बसेर जनताको पक्षमा काम गर्ने सोंच छ । सिंहदरबारलाई व्यवस्थित गर्न सकियो भने प्रशासन संयन्त्र र राज्यका अंगहरुलाई जनताको हितमा बदल्न सकिन्छ ।’ प्रधानमन्त्रीले आफूले चुनौतिपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै यसलाई जनता र राष्ट्रको पक्षमा उपयोग गर्ने बताउनुभयो । प्रधानमन्त्रीले किसानहरुको ज्ञापनपत्र सरकारको नयाँ योजनामा सन्दर्भ सामग्री हुने बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १३:१:३६