जनप्रतिनिधिले एकतावद्ध भएर उदेश्य प्राप्तिमा मेहनत गर्न जरुरी छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जनप्रतिनिधिले एकतावद्ध भएर उदेश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेकाे बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमििणत गर्नु आवश्यक छ । सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीन तहको सरकार बनेको हो । यो स्थानिय तह जनताको सेवा सुविधाका लागि हो, । यहाँको जनप्रतिनिधिले जनताका बीचमा आफूलाई काम गरेको प्रमाणित गर्नुपर्छ । ’  उहाँले स्थानिय जनप्रतिनिधीलाई जनताको मन जितेर काम गर्न निर्देशन पनि दिनुभयाे ।

ललितपुर महानगरपालिका वडा न २६ को ढोलाहिटीको नवर्निमति भवनको आज विहान उद्घाटन गर्दै अध्यक्षले संघीयतामा तीन तहको सरकार सिंहदरवारको अधिकार गाउँतहसम्मै पु-याउने उदेश्यका साथ निर्माण गरिएकोले जनप्रतिनिधीले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभयाे ।

उहाँले केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको पनि स्पष्ट पार्नुभयाे । बजेट र पूर्वाधारको अभावले अपेक्षा अनुसार प्रत्यक्ष रुपमा सेवा प्राप्त गर्न नसकेपनि अब भने सबैकाे ध्यान त्यसैमा केन्द्रीत गर्नुपर्ने उहाँको भनाई थियो ।

अहिले ऐन नियम बनिनसकेको र अभाव रहेकै वेला हिजोको एकात्मक राज्य नै ठीक भन्नेहरु अलि अलि सल्वलाउन थालेपनि क्रमशः विकास निर्माणले गति लिन थालेकोले जनताको अपेक्षा अनुसारको काम हुँदै जान थालेको अध्यक्षले बताउनुभयाे । आफूले ललितपुरमै बसेर विद्रोहको तयारी गरेको, शान्ति प्रक्रियापछि पनि ललितपुरमै बसेको र अहिले ललितपुरमै आफ्नो बसाईरहेकोले पनि ललितपुर जिल्लासँग भावनात्मक सम्बन्ध रहेको उहाँकाे भनार्इ ।

ललितपुरको समृद्दि र विकास आफ्नो पनि चाहाना रहेको भन्दै प्रचण्डले यसका लागि प्रधानमन्त्री सहतिको जनप्रतिनिधीहरुको बैठक राख्न आफुले पहल गर्ने बताउनुभयाे । ‘फाष्ट ट्याक र ललितपुरको विकासका लागि प्रधानमन्त्री सहतिको वैठक राख्न म पहल गर्छु, अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘ललितपुर जिल्लाको समृद्धि र यहाको जनताको हितको निम्क्ति निरन्तर सहयोग गर्ने आश्वासन दिन्छु ।’

कात्तिक ७, २०८१ बिहीबार ४:९:३२