जनमतप्रति विनम्र बन्न सक्नुपर्छ, “प्रचण्ड”

पुस ६, काठमाडौं। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमार्फत् जनताले दिएकाे जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताउनु भएकाे छ।
बिहीबार दिउँसाे नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै प्रचण्डले भन्नुभयाे, “जनताले हामीलाई निकै ठूलाे जिम्मेवारीकाे भारी बाेकाएका छन्। हाम्राे दायित्व देशमा स्थिरता र विकासकाे सपना साकार पार्नु हाे। जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ। जनमतकाे सम्मान गरेर अघि बढ्नुपर्छ।”
“हामीले बामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्यौं। जनताले बाम समीकरण र पार्टी एकतालाई अनुमाेदन गरेका छन्” अध्यक्ष प्रचण्डले भन्नुभयाे, “अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ। निर्वाचनले धेरै चुनाैतिकाे समाधान दिएकाे छ। तर, केही चुनाैति देखिएका छन्। संविधान र कानूनकाे फरक व्याख्या देखिएकाे छ। यसकाे समाधान पनि जनमतअनुसार नै हुन्छ। राष्ट्रिय एकता र भाैगाेलिक अखण्डताकाे प्रावधान बाहेक अरु कुरा जनमतका अाधारमा परिमार्जन गर्न सकिन्छ।”
“एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्रै प्राप्त हुन्छ। मलाई त्यस्ताे अवसर प्राप्त भयाे, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु” प्रचण्डले भन्नुभयाे, “पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलाे अान्दाेलन र बलिदान मेरै नेतृत्वमा प्राप्त भयाे, त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियाे। मेरै नेतृत्वमा शान्ति सम्झौता भयाे। युद्द र शान्ति दुवैकाे नेतृत्व गर्ने अवसर जनताले मलाई दिए। संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेलें। अब नेपालकाे स्थिरता, विकास र समृद्धिकाे नेतृत्व पनि मेरै काँधमा अाएकाे छ, त्याे जिम्मेवारी पनि म पूरा गर्छु।”

कात्तिक ८, २०८१ बिहीबार २०:३:५२