जनयुद्वमा जनमुक्ति सेनाकाे काेटा चुक्ता गरेकाे वाइसिएल देश परिवर्तनमा लाग्नुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै यसमा लाग्न पनि निर्देशन दिनुभएकाे छ । वाइसिएल नेपालकाे दाेस्राे राष्ट्रिय भेला उद्घाटन गर्दै उहाँले यस्ताे निर्देशन दिनुभएकाे हाे। राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाडौंमा अध्यक्ष प्रचण्डले नेपालकाे कम्युनिष्ट आन्दाेलनमा युवा हरुले गरेकाे याेगदान र १० वर्षाे जनयुद्वमा वाइसिएलकाे भुमिका महत्वपुर्ण भएकाे बताउनुभयाे।

जनयुद्वमा जनमुक्तिसाेनाकाे काेटा चुक्ता गर्नका लागि वाइसियलले खेलेकाे भुमिका आफुले बिर्सन नसक्ने उहाँकाे भनाइ थियाे । वाइसिएलले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दाेलनकै अग्रस्थान ओगट्न सफल भएकाे र कम्युनिष्ट पार्टीकाे उतराधिकारी भएकाे उहाँले बताउनुभयाे । जनयुद्वमा जनमुक्ती  साेनाकाे काेटा चुक्ता गरेकाे वाइसिएल देश परिवर्तनमा लाग्नु पर्ने बताउनुहुँदै उहाँले युवा नै देशकाे शक्ति रहेकाे उल्लेख गर्नुभयाे। 

कात्तिक ८, २०८१ बिहीबार १०:७:४८