जीवन राजनीतिक दबाब र चुनौतिमात्रै होइन समाज सेवा, कर्तव्य र जिम्मेवारी पनि होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवन राजनीतिक दबाव र चुनौतिमात्रै होइन समाज सेवा, धर्म, कर्तव्य,जिम्मेवारी पनि भएको बताउनुभएको छ । मानव सेवा आश्रमले कोही पनि सडकमा बस्न नपरोस कोही भोकै हुन नपरुन् भन्ने हेतुले आजदेखि सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा २०८०’ लाई सम्बोधन गर्दै उहाँले अभियान सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
लामो समयबाट देशभरका विभिन्न स्थानबाट सडक मानव र असाहयको उद्दार तथा पालन गर्दै आएको आश्रमको अभियानको प्रधानमन्त्रीले खुलेर प्रशंसासमेत गर्नुभयो ।
राजनीतिज्ञको जीवनमा अनेक तरहका काम र जिम्मेवारी हुने हुँदा समाज सेवालाई नजिकबाट नियाल्ने अवसर र समय थोरै हुने भन्दै उहाँले यस्तो कार्यक्रममा आउँदा आफू अलिकति सन्तोष, तनावमुक्त, मानव जीवनका अरु पनि पक्ष छन् भन्ने अनुभूत भएको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १२:१६:४९