तीन दिने भारत भ्रमणको दोस्रो दिन अध्यक्ष प्रचण्डका गतिविधिहरु (फोटो फिचर)

काठमाडौं । छिमेकी राष्ट्र भारतको तीन दिने भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवार विभिन्न कार्यक्रममा भेटघाटमा सहभागी हुनुभएको छ । उहाँले बिहान भारतका लागि नेपाली राजदुत महामहिम शंकर प्रसाद शर्माले नेपाली दूतावासमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेसका नेतृ डा. आरजुु राणा देउवा पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्षले त्यहाँस्थित नेपाली समुुदायका प्रतिनिधिहरुसँग छोटो अन्तर्क्रिया गर्नुभयो ।

नेपाली समुुदायका प्रतिनिधिहरुले भारत सरकारले अखिल भारत नेपाली एकता समाजलाई लगाएको पोटा कानुुन खारेज गर्नुपर्ने, प्रवास नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्नुपर्ने र प्रवासी नेपालीहरुलाई सरकारले गर्ने विभेदपुुर्ण व्यवहार सच्याउन पर्ने लगायतका विषयहरु उठाउनु भएको थियो ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिमा प्रवासको भुुमिका महत्वपुुर्ण रहेको स्मरण गर्दै प्रवासी दिदीबहिनी तथा दाजुुभाइहरुले उठाएका विषयमा आफुूले पहल गर्ने बताउनुभयो । त्यसैगरि अध्यक्ष प्रचण्डले बिहान ११ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरी दुुई देशबीचका दुईपक्षीय हितका विषयमा कुुराकानी गर्नुभयो ।

मध्यान्ह १२ बजे उहाँले फाउन्डेशन फर पब्लिक अवारनेस एण्ड पोलिसीको आयोजनामा नेपाल भारत सम्बन्ध विषयमा आफ्ना विचार व्यक्त गर्नुभयो । उक्त फाउण्डेशनका अध्यक्ष डा. अर्निवन गङ्गोली हुनुुहुन्छ भने उपाध्यक्षमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाला हुनुुहुन्छ । कार्यक्रममा उपाध्यक्ष चौथाईवालाले अध्यक्ष प्रचण्डलाई स्वागत गर्नुभएको थियो भने अध्यक्ष गङ्गोलीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाल भारत सम्बन्धका बहुुआयामको चर्चा गर्दैैै नेपाल भारत सम्बन्धका विगत, वर्तमान र भविष्यका बारेमा आफ्ना स्पष्ट विचार प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम पश्चात अध्यक्ष प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो । अध्यक्ष प्रचण्ड बेलुका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाको निम्तो स्वीकार्दै रात्रीभोजमा सहभागी हुनुभयो । अध्यक्ष आइतबार दिउँसो स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

कात्तिक ८, २०८१ बिहीबार ८:१०:६