दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश, माओवादीलाई जिताएरै छोड्छौं, ‘बस्नेत’

बैशाख १८, काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका चर्चित नेता बुद्धराज बस्नेत र नेकपा (एमाले) की नेतृ दुर्गा नेपाल, संघीय समाजवादीका रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय दलका राजन योञ्जन सहितका दर्जनौं नेता विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने नेताहरुलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाजिम्पाटमा आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउनुभएको हो । नवआगन्तुक नेताहरुलाई स्वागत गर्दै प्रचण्डले भन्नुभयो, ‘हिजो महाअभियोग दर्ता भएपछि राजनीतिमा एक खालको तरङ्ग आएको छ । तर, महाअभियोगको आफ्नो प्रक्रिया छ, त्यो संसदीय प्रक्रियामा जान्छ । यसले निर्वाचनमा कुनै असर गर्दैन । भोलि मनोनयन दर्ता हुन्छ र ३१ गते पहिलो चरणको निर्वाचन हुन्छ, यसमा कुनै भ्रम पाल्न जरुरी छैन । तपाईहरु पनि सबै भ्रममा नपरी भोलिको मनोनयनमा सहभागी हुनुहोस् ।’
निर्वाचनलाई उत्सवका रुपमा मनाउन अपील गर्दै प्रचण्डले भन्नुभयो, ‘मनोनय दर्ता भएपछि भोलिबाट निर्वाचनबारे सबै अन्यौल हट्छ, तपाईहरु सबै निर्वाचनमा होमिनुस्, महाअभियोगले निर्वाचनमा कुनै असर गर्दैन । पहिलो चरणको निर्वाचनसम्म संशोधन विद्येयक अघि नबढे पनि यसले चुनावलाई कुनै असर पर्दैन, मधेशी मोर्चा पनि पहिलो चरणको निर्वाचनमा सहभागी हुन्छ । स्वस्थ ढंगले निर्वाचनमा प्रतिस्पर्धा गरौं ।’
नेपाली कांग्रेसमा २७ वर्षभन्दा लामो राजनीति गरेका नेपाली कांग्रेसका जिल्ला सचिवालय सदस्य बुद्धराज बस्नेतले भने, ‘अहिलेको समस्याको समाधान गर्ने हैसियत माओवादीबाहेक अरु शक्तिसँग छैन, समृद्धि र विकासको योजना पनि माओवादीसँग मात्रै छ, त्यसैले माओवादीमै आएर राजनीतिक र सामाजिक सेवा गर्ने सोंचमा पुगें । अब हामीले माओवादी केन्द्रलाई सिन्धुपाल्चोक जिल्लाका सबै नगर, गाउँपालिका र वडामा विजय बनाएर देखाउँछौं ।’

????????????????????????????????????

कात्तिक ६, २०८१ बुधबार ५:१७:१३