दिन काट्ने काल पर्खनेहरु नेता हुन् सक्दैनन्, “प्रचण्ड”

मंसीर २, दमक । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिन काट्ने काल पर्खनेहरु नेता हुन नसक्ने बताउनु भएकाे छ।
शनिबार झापाकाे दमकमा अायाेजित चुनावी सभामा बाेल्दै प्रचण्डले भन्नुभयाे, “नेता हुन सरदरबाट माथि उठ्नुपर्छ। घिसेपिटे तरिकाले राजनीति धान्नेहरु नेता हुन सक्दैनन्। कमरेड केपी अाेली र मैले त्याे घिसेपिटे तरिका भत्काई दियौं। निरन्तरतामा क्रमभङ्ग गरेका छाैं, नयाँ तरङ्गसहित नेपालकाे कम्युनिष्ट अान्दाेलनलाई एकतावद्द गर्ने संकल्प गरेका छौं। हामी नयाँ अावेगसहित अाएका छौं। दिन काट्ने काल पर्खनेहरु नेता हुन सक्दैनन्।”
“नेताहरुले कस्ताे भूमिका खेल्छन् भन्ने कुराले ईतिहासमा निकै महत्व राख्दछ। नेताहरुले सही ढङ्गले साेच्दा ईतिहास २०/३० वर्ष अघि जान सक्छ, नेताहरुले गलत साेच्दा राजनीति र ईतिहास कैयाैं वर्ष पछि धकेलिन्छ” प्रचण्डले भन्नुभयाे, कमरेड केपी अाेली र मैले जाेखिम उठाएर नेपालकाे कम्युनिष्ट अान्दाेलनलाई एकतावद्द गर्ने, राजनीतिक स्थिरता दिने र अार्थिक समृद्धितिर अघि बढ्ने संकल्प गरेका छौं। कमरेड केपीले निरङ्कुश पञ्चायतका विरुद्ध सङ्घर्षकाे जाेखिम उठाउनुभयाे, वर्षौं जेल बस्नुभयाे। मैले जनयुद्धको जाेखिम उठाएँ, नेपालमा सामन्ती राजतन्त्रकाे अन्त्य भयाे। शान्ति प्रक्रियाकाे जाेखिम उठाएँ। नेपालमा ठूलठूला परिवर्तन भए। अाज फेरि देशकाे विकास र समृद्धिका लागि हामीले सकारात्मक रुपले साेच्यौं र एकता सम्भव भयाे।”
“नेपाली कांग्रेसका नेता साथीहरु, तपाईहरुले २५/३० वर्ष नेपालमा शासन गर्नुभयाे। देशका लागि के गर्नुभयाे ? विकास र समृद्धिकाे याेजना कहाँ पुग्याे ? अब देशकाे जिम्मा कम्युनिष्टहरुले लिन्छन्। तपाईहरुले हेर्नुस्” प्रचण्डले भन्नुभयाे, “के नेपाल कांग्रेसकाे बपौति हाे ? कांग्रेसले जित्दा लाेकतन्त्र बलियाे हुने हामीले जित्दा अधिनायकवाद हुने ? हामी लाेकतान्त्रिक प्रणालीमै छौं। हामीले बनाएकाे संविधानकै दायराभित्र रहेर प्रतिस्पर्धा गर्दा तपाईहरुलाई टाउकाे दुखाई किन ?”
“चुनाव राेक्न अनेक षडयन्त्र भए, सकेनन्। अहिले पनि षडयन्त्र भइरहेकाे छ। तर, अब इन्द्रेकाे बाउ चन्द्रे अाए पनि चुनाव राेकिन्न” प्रचण्डले भन्नुभयाे। शनिबार नै अध्यक्ष प्रचण्डले बिर्तामाेडमा अायाेजित स्वास्थ्य महाेत्सवकाे उद्घाटनमा सहभागी हुनुभयाे। त्यसैगरि माअाेवादी केन्द्रका कार्यकर्तालाई सम्बाेधन गर्दै निर्वाचनमा हाेमिन निर्देशन दिनुभयाे।

कात्तिक ७, २०८१ बुधबार १३:१६:५८