देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं, ‘प्रचण्ड’

काठमाडौं, २९ पुस । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको बृहत्तर हितका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागेको बताउनु भएको छ ।
शनिबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले मिलेर संविधान बनायौं, ठूलठूला जोखिम थिए । तर, मिलेरै संविधान कार्यान्वयन भयो । अब देशको स्थिरता, सुशासन र विकासको बिकल्प छैन । हामीले यत्तिकै पार्टी एकताको कुरा गरेका होइनौं । देशको राजनीतिक अस्थिरता अन्त्य गर्न, सुशासन र विकासलाई गति दिन नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागिएको हो । यो नेपालको भविष्य निर्माणका लागि निकै ठूलो कुरा हो ।’
मञ्चले साहित्य, सङ्गीत, नाटक, अभिनय, ललित कला र पत्रकारिताको क्षेत्रमा योगदान गर्ने ४९ जना स्रष्टा र समाजसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा साहित्यतर्फ मदन भण्डारी, इद्रिस सायल खाँ, लक्ष्मी गुरुङ, केवल बिनामी, अनिल श्रेष्ठ, देवी गुरुङ, किशोर मनस्वी, मणि अर्याल, आकाश अधिकारी, नविन लोचन मगर, रणेन्द्र बराइली, सङ्गीततर्फ धनकुमार ग्याङ्मी, चित्रसागर श्रेष्ठ, निर्मला घिसिङ, प्रदिप बम्जन, कमला दोङ, रीना लिम्बु, पूजा सुनुवार, नाटकतर्फ किशोर अनुराग, ईच्छा सिंह, टिकाराम रसाइली, अशोक सिवाकोटी, पुरु लम्साल, मोति बहादुर कार्की (परिवर्तन), चलचित्रतर्फ सुवास गजुरेल, डम्बर बहादुर बुढाथोकी, परशुराम चौधरी, रेणु चौधरी, राजु केसी, पत्रकारितातर्फ ओपेन्द्र शर्मा, मनुकुमारी पुलामी, निर्मल ज्ञवाली, दयानिधि भट्ट, ध्रुवराज अधिकारी, सन्तोष पौडेल, गोमा घिमिरे, शैलेन्द्र घिमिरे, ललित कलातर्फ जुनी लामा, रामकृष्ण भण्डारी, नरेन्द्र प्रसाद भण्डारी, केशवराज खनाल, देवेन्द्र थुम्केली, सामाजिक क्षेत्रतर्फ प्रकाश लक्ष्मी तुलाधर, रामप्रसाद गौतम, दुर्गा प्रसाई, बिमललाल श्रेष्ठ, स्वस्थानी आले मगर लगायत रहेका छन् ।
स्रष्टाहरुलाई अध्यक्ष प्रचण्ड, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कात्तिक ९, २०८१ शनिबार ४:२३:१२