देशको मौलिकताको आधारमा विकासको मोडल बनाउनुपर्छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले देशको मौलिकताको आधारमा विकासको मोडल बनाउनु पर्ने बताउनुभएकाे छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युग सुहाउँदो विकासकाे माेडेल बनाउनु पर्ने बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले देशको स्थायित्व र समृद्धिको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक रहेको बताउनुभयाे । उहाँले नेपालको कला संस्कृति र प्रकृतिको विविधतालाई सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल बनाउनुपर्ने बताए । नेपालको इतिहास र प्रकृति गर्व गर्न लायकको रहेको भन्दै उहाँले देशको मौलिकताको आधारमा विकासको मोडल बनाउनुपर्नेमा जोड दिनुभयाे ।

कतियपय देश भौतिक रुपमा विकसित भएपनि जनतामा निरासा र डिप्रेसन रहेको उल्लेख गर्दै नेपालको विकासको मोडल नेपालकै मौलिकतामा जनता खुसी र सुखी हुने खालको हुनुपर्ने उहाँकाे धारणा थियाे । नेपाल कला, साहित्य , संस्कृति , आध्यात्मको भूमि भनेर विश्वमा परिचित रहेको भन्दै अध्यक्ष प्रचण्डले नेपालको विकास भौतिक मात्र नभई देश र जनताको भावना समेटिर देशकाे विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयाे । उहाँले आफुलाई कला र संस्कृतिप्रति  रुचि राख्ने व्यक्तिको रुपमा बुझ्न  आग्रह गर्दै  कवि, कलाकार, साहित्कार पत्रकारहरुप्रति अनुराग रहेको समेत जानकारी दिनुभयाे ।

कात्तिक ८, २०८१ बिहीबार ७:५९:१६