देशलाई पुनः निरंकुशतातर्फ धकेल्ने षडयन्त्रलाई हर हालतमा रोक्नुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । देशलाई पुनः निरंकुशतातर्फ धकेल्ने षडयन्त्रलाई हर हालतमा रोक्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहारले मुलुक संकटमा जाने देखिएको अध्यक्ष प्रचण्डले टिप्पणी थियो । राजधानीमा आयोजित प्रेस संगठन नेपालका पत्रकारहरुको भेलामा अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध आफूहरु आन्दोलित रहेकाले त्यसलाई अन्यथा नलिन आग्रह पनि गर्नुभएको छ ।

अध्यक्षले भन्नुभयो, “संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात हो र त्यसलाई हर मूल्यमा रोक्नुपर्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पनि आफूहरुले त्यसलाई संविधान विघटन गरेको रुपमा लिएको उहाँको तर्क थियो ।

हिंसालाई सहयोग पुग्ने गरी आफूले अभिव्यक्ति नदिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामी बन्दुकले होइन, मतपत्रको माध्यमले देश निर्माण गर्ने भनेका छौं ।” आफूले बोलेको कुरा अपभ्रंश हुने गरेको उहाँले बताउनुभयो ।

अध्यक्षले हेर्दाहेर्दै आफ्नै पार्टीको, आफैँले प्रस्ताव गरेको प्रधानमन्त्रीले संविधानको हत्या भएको भन्दै भन्नुभयो, “मैले कुनै हिंसाको प्रोत्साहन गर्न विद्यार्थीलाई आक्रामक हुन भनेको होइन । केपी ओलीको कदमप्रति हाम्रो आक्रोश छ । हामी बन्दुक होइन मतपत्रको भाषाबाट देश निर्माण गर्ने हो ।”

संसद् विघटन गर्न प्रधानमन्त्री केपी ओलीले गरेको सिफारिसमा राजाको भाषा गनाएको उहाँले बताउनुभयो । “तपाईं हेर्नुहोला, कत्तिको याद गर्नुभएको छ, केपीको त्यो सिफारिसमा राजामहाराजाहरूको दुर्गन्ध ह्वास्सै गन्हाएको छ,” उहाँले भन्नुभयोे ।

कात्तिक ८, २०८१ बिहीबार ६:१४:५८