देशलाई राष्ट्रिय सरकारको खाँचो छः अध्यक्ष प्रचण्ड

मोरङ, २४ माघ । अध्यक्ष प्रचण्डले भुकम्प र नाकाबन्दीले देश आक्रान्त भईरहेको बेला सबै राजनैतिक दल एक भएर जानु पर्ने  भएकाले देशलाई राष्ट्रिय सरकारको खाँचो रहेको बताउनु भयो । उहाँले छिमेकीले नेपालमा नाकाबन्दी  गर्नुपर्ने कुनै कारण नभएकोले अब नाकाबन्दी खुल्नु राम्रो भएको बताउनु भयो ।

धनकुटामा पार्टी कार्यकर्ताहरु प्रशिक्षण दिन जाने क्रममा बिराटनगर विमानस्थल पुग्नुभएका अध्यक्षले संचारकर्मीहरुसँग यस्तो बताउनु भएको हो । अध्यक्षले देशको असहज परिस्थितिको समाधानका लागि र राष्ट्रिय हितको पक्षमा छलफल गर्न पर्सि सबै पार्टीहरु बीच कुराकानी गर्ने प्रधानमन्त्रीसँग छलफल भएको बताउनु भयो । उच्चस्तरिय राजनैतिक समन्वय समितिको केहि दिन अगाडी बैठक बस्यो मधेस समस्याको समाधानका लागि राजनैतिक समयन्त्र बनाउने छलफल भएको छ, अध्यक्ष प्रचण्डले भननुभयो ।

कात्तिक ७, २०८१ बुधबार १५:१६:५०