दोलखाको प्रतिनिधि मण्डलद्धारा प्रधानमन्त्रीसँग भेट

श्रावण २३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्वद्ध दोलखाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटी जिल्लाका समस्याहरुबारे अवगत गराएको छ ।
भेटमा प्रतिनिधि मण्डलले तामाकोशीबाट मन्थली जाने धोतीखोलाको पुल गए राति आएको बाढीले बगाएको भन्दै तत्काल बेलिब्रिजको व्यवस्था गर्न अनुरोध गरेको छ । प्रतिनिधि मण्डलले दोलखामा पुनर्निर्माणको काम प्रभावकारी हुन नसकेकोबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो । साथै प्रतिनिधि मण्डलले भूकम्पको पूनर्निर्माणबारे निर्माण गरिएको कार्यविधि अनुदार भएको भन्दै सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले दोलखाको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्दै समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिने क्रममा प्रतिनिधि मण्डलको आवाजबारे आवश्यक निर्देशन दिने बताउनुभयो ।

कात्तिक ६, २०८१ बुधबार २:४३:५९