नयाँ पार्टी आजको आवश्यकता हाेः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले र माओवादीको निरन्तरता नभई नयाँ पार्टी आजको आवश्यकता भएको बताउनु भएकाे छ ।

पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने दाेहाेर्याउनु भएकाे छ । मार्क्सको द्वि–शतवार्षिकीमा पोखरामा आयोजित कार्यक्रममा उहाँले एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताउनुभयाे ।

‘कतिपयलाई लाग्न सक्छ एमाले एमाले नै रहने माओवादी माओवादी नै रहन्छ तर त्यसो होइन,’ उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’

उनले तत्कालिन नेकपा (माक्र्सवादी) र मालेबीच भएको पार्टी एकता उदाहरणीय भएको बताए । उनले पार्टी एकताको लागि कार्यदलका प्रतिवेदनहरु टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बा“की रहेकोले काठमाडौं फर्किपछि पार्टी एकताको मिति घोषणा गर्ने बताए ।

उहाँले कार्ल माक्र्स जस्तो प्रतिभाशाली व्यक्ति संसारमा विरलै जन्मिने बताउनुभयाे। शनिबार कम्युनिष्ट सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सको दुई सय जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘मार्क्स एउटा विलक्षण प्रतिभा हुनुहुन्थ्यो र मार्क्स जस्तो प्रतिभा संसारमा विरलै जन्मिन्छ ।’

हामी कम्युनिष्ट र सर्वहारा श्रमजीवी मात्रे होइन, बुजुर्वाहरुले पनि एक हजार वर्ष यता माक्रर्स जस्तो प्रतिभाशाली जन्मिएको छैन भनेर स्वीकार गरेका छन्,’ प्रचण्डले भन्नुभयाे, ‘यति धेरै ज्ञानको भण्डार, यति धेरै मेहनत गर्न सक्ने र यति धेरै सृजनशील सामाजिक क्रान्तिका वैज्ञानिक अहिलेसम्म जन्मिएकी छैनन् भनेर वुर्जुवाले पनि मान्दछन् ।’

प्रचण्डले मानवजातिले ज्ञान, विज्ञान र सामाजिक न्यायको क्षेत्रमा गरेका विकासका सबै तत्वहरुलाई वैज्ञानिक ढंगले संश्लेषण गरेको नाम नै माक्र्सवाद भएको बताउनु भयाे ।

कात्तिक ८, २०८१ शुक्रबार २:०:१६