नयाँ वर्ष २०७५ सालकाे शुभकामना

नयाँ वर्ष वि.सं. २०७५ सालको सुखद् उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नयाँ संविधान कार्यान्वयनका दृष्टिले वि.सं. २०७४ साल नेपाली इतिहासमा अविस्मरणीय रह्यो । राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न २०७४ सालले हामीमा आधार र उर्जा प्रदान गरेको छ । मुलूकमा संघीय प्रणालीको व्यवहारिक अभ्याससहित स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न हुनु नेपाल र नेपालीका लागि गौरवको कुरा हो ।

यस सुखद् अवसरमा २०७४ सालले हामीलाई दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न म सबै नेपालीहरुमा विशेष अपील गर्दछु ।
समाजवादउन्मूख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको हाम्रो कार्यभार हो । यस अवसरमा स्थिरता, शुसासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन आम नेपाली जनसमुदायसँग हार्दिक आव्हान गर्दै पुनः एकपटक नयाँ वर्ष २०७५ सालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
३० चैत्र, २०७४
………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ७, २०८१ बुधबार २०:१९:१८