नयाँ शक्तिको विद्यार्थी संगठन माओवादी केन्द्रमा बिलय

असार ७, काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालको विद्यार्थी संगठन नेकपा (माओवादी केन्द्र) मा बिलय भएको छ । बुधबार लाजिम्पाटमा आयोजित कार्यक्रममा नेतृ ओमकुमारी पौडेलसहितका ६ दर्जन नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नयाँ शक्ति नेपाल विद्याथी अभियानकी संस्थापक अध्यक्ष ओमकुमारी पौडेल, नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य कमल खड्का, नयाँ शक्तिकी नेपालगञ्ज उपमहानगरपालिकाकी मेयरकी उम्मेदवार जयाकुमारी खड्का, नेताहरु युवराज दाहाल, नवराज बराल, सुमन आचार्य लगायत ६ दर्जन नेताहरु रहेका छन् ।
त्यसै गरी विप्लव नेतृत्वको नेकपाबाट मिनबहादुर चलाउने, सुमन अधिकारी, सुमन ढकाल लगायतका २ दर्जन विद्यार्थी नेताहरु पनि बुधबार नै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लवका विद्यार्थी नेताहरुले पनि एक विज्ञप्ति जारी गर्दै देश र क्रान्तिको नेतृत्व माओवादी केन्द्र र प्रचण्डबाट मात्रै सम्भव भएको भन्दै सबैलाई एकतामा आउन अपील गरेका छन् ।
कार्यक्रममा बोल्दै नेतृ ओमकुमारी पौडेलले नयाँ शक्तिले प्रतिशोधको राजनीति गरेको, माओवादी केन्द्रलाई हराउन नै आफ्नो सम्पूर्ण शक्ति लगाएको र नयाँ शक्तिबाट देशको प्रगति र विकास असम्भव भएका कारण आफूहरु माओवादी केन्द्रमा फर्किएको बताउनु भयो । पार्टी प्रवेश गर्नुपूर्व नेताहरुले सामूहिक प्रेस वक्तव्य जारी गरेका थिए ।
पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढिलो चाँडो बाबुराम, वैद्य र विप्लवहरु पनि माओवादी केन्द्रमै आउने बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘माओवादी केन्द्रबाहेक अर्को बिकल्प छैन, यो देशको राजनीतिक, आर्थिक परिवर्तनका लागि बाबुरामजी, वैद्यजी, विप्लवजी पनि माओवादी केन्द्रमै फर्कनुपर्छ, त्यसबाहेक उहाँहरुको बिकल्प छैन । जहाँ गए पनि जनताले उहाँहरुलाई माओवादी नै ठान्छन्, माओवादी आन्दोलन बाहिर उहाँहरुको भविष्य छँदै छैन ।’

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
अरस्तुले भनेका थिए–‘शान्तिका लागि नै युद्ध गरिन्छ ।’ त्यसैले निरंकुश राजतन्त्रको थिचोमिचो विरुद्ध मौनता भंग गर्दै नेपालमा जनताले संगठित रुपमा जनयुद्ध शुरु गरेको र त्यसैको बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीसहितको नयाँ राज्यव्यवस्था स्थापना भएको सर्वविदितै छ । संविधान कार्यान्वयन मार्फत अहिले सिंहदरबारको पर्खालभित्र कैद जनताका अधिकार देशैभरका गाउँ–गाउँ र शहरबस्तीमा समेत पुगेका छन् । संविधान कार्यान्वयनसँगै मुलुक अब आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्दैछ । यद्यपी, कुशल नेतृत्व, स्पष्ट दृष्टिकोण र कुशल कार्यान्वयनकर्ताको सामुहिक पहलकदमीबिना समृद्धिको सपना पुरा हुँदैन ।
तर, बिडम्बना ! सबै एक बन्नुपर्ने बेला माओवादीका नेताहरु नै विभिन्न नाममा विभाजित बने । विभिन्न नामका पार्टी खोले । नेताहरुकै गुट संघर्षका कारण हामीजस्ता लाखौँ कार्यकर्ता पनि विभिन्न खेमामा विभाजित बन्न पुग्यौँ । जसको कारण रक्तमुछेल गर्विलो इतिहास नै ओझेलमा पर्दै गयो । पार्टी कमजोर हुँदा माओवादीले लगाएको बाली भित्र्याउन पुरानै यथास्थितीवादी पार्टीहरु आईपुगे ।
माओवादी पार्टीको विभाजनले सबै प्रगतिशिल शक्तिलाई नराम्ररी चिमोटिरहेको छ । यसले जनयुद्धको गर्विलो इतिहासप्रति मजाक मात्रै गरेको छैन, शहिद–बेपत्ता र घाईतेको सपनामाथि कुठाराघात पनि गरेको छ । आदर्श मानिएका नेताहरुले सहयोद्धालाई नै मुख्य र सहायक दुश्मन तोक्नेसम्मको गलत चिन्तनले उपलव्धि धरापमा पर्ने र भविष्य नै अन्धकार बन्ने डरलाग्दो तस्विर माओवादी आन्दोलनमा देखिन थालेको छ ।
चाहे क्रान्तिकारी माओवादी, चाहे नयाँ शक्ति र नेपाल कम्युनिष्ट पार्टीका नाममा छिरलिएको माओवादी आन्दोलन एकतावद्ध नगर्ने हो भने हामीलाई इतिहासले सराप्ने, बर्तमानले घोच्ने र भविष्यले धिक्कार्ने निश्चित छ । प्रचण्ड, वैद्य, बाबुराम र विप्लव समूह किन विभाजित भयो र एकतावद्ध हुन केले छेकेको छ ? बुझिसक्नु छैन । नेताहरुको गुट संघर्षको उर्लँदो भेलमा परेर लाखौँ कार्यकर्ता ‘ओल्लो तिर न पल्लो किनार’ भएका छन् । पार्टी विभाजन दुर्भाग्य थियो भने पक्षधरता नेता÷कार्यकर्ताको वाध्यता हो । सारमा हेर्ने हो भने वैचारिक रुपमा समेत यिनमा खासै भिन्नता देखिँदैन । फुटेर होइन, जुटेर मात्रै लक्ष्य चुम्न सकिन्छ भन्ने वोध गर्दै सबै एकै ठाउँमा रहेर नीतिबारे बहस गरेर सहमतिमा पुग्ने हो भने इतिहासको सम्मान र मुलुकको समृद्धि पनि छिट्टै सम्भव हुने देखिन्छ । तर, नेतामा यस्तोखाले तत्परता देखिँदैन ।
मुलुकको समृद्धिका लागि हामीजस्ता हजारौँ नेता÷कार्यकर्ता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा आवद्ध भयौँ । बैकल्पिक राजनैतिक शक्ति निर्माणमा अहोरात्र खटियौँ । यद्यपी, यो पार्टीमा पनि सोच, शैली र संगठनमा कुनै नयाँपन देखिएन । सबै दृष्टिले अहिलेका पार्टीमध्ये सबैभन्दा प्रगतिशिल र मुलुकको भलो चाहने पार्टी नेकपा (माओवादी केन्द्र) नै देखियो । संविधान निर्माण, कार्यान्वयन र सरकार सञ्चालनमा अध्यक्ष प्रचण्डको भूमिकाले माओवादी नै मुलुकको सबैभन्दा सहि पार्टी ठहरियो । तसर्थ, नाम मात्रैको नयाँ शक्ति परित्याग गरि हामी निम्न सार्थीहरु नेकपा (माओवादी केन्द्र) मा समाहित हुने निर्णयमा पुगेका छौँ । यसै विज्ञप्ति मार्फत नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सम्पूर्ण नेता÷कार्यकर्तालाई पनि माओवादी केन्द्रमै समाहित हुन आह्वान गर्दछौँ । साथै, प्रगतिशिल शक्ति विकेन्द्रित भई ‘बीरबलको खिचडी’ पकाउन खोज्दा यथास्थितीवादी र प्रतिगामी शक्ति नै हावी हुँदै गएकोले पृष्ठभूमि, दृष्टिकोण र विचार मिल्ने सबै नेता÷कार्यकर्ता यही पार्टीमा आवद्ध हुन पनि विशेष अपिल गर्दछौँ ।
धन्यवाद !

नामथर हस्ताक्षर
१) ओमकुमारी पौडेल (तनहुँ)–संस्थापक संयोजक नयाँ शक्ति विद्यार्थी युनियन
२) नबराज बराल (कास्की)–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल
३) युवराज दाहाल (झापा)–प्रमुख, स्ववियु विभाग (नयाँ शक्ति विद्यार्थी युनियन)
४) सुमन आचार्य (खोप्लाङ, गोरखा)–संयोजक, प्रदेश नं ४ (नयाँ शक्ति विद्यार्थी युनियन)
५) मुकुन्द कार्की (ओखलढुङ्गा)–केन्द्रीय परिषद सदस्य
६) कृष्ण भट्टराई (भक्तपुर)–प्रमुख अतिरिक्त खेलकुद विभाग (विद्यार्थी)
७) शिव न्यौपाने (रुपन्देही)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
८) फणिन्द्र फुयाँल (सिन्धुली)–संयोजक, प्रदेश नं ३ (प्रेस सोसाईटी नेपाल)
९) ओमप्रकाश महतो (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
१०) सञ्जिव रेग्मी (धादिङ)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
११) देवराज गुरुङ्ग (गोरखा)–केन्द्रीय सदस्य, प्रेस सोसाईटी नेपाल
१२) धिरज खनाल (गोरखा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान
१३) ममताकुमारी शर्मा (धनुषा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
१४) अरबिन्द शाह (सिराह)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
१५) दिलीप तामाङ (रसुवा)– केन्द्रीय कार्यालय सदस्य, युवा शक्ति निर्माण अभियान
१६) राधेश्याम शाह (महोत्तरी)–संस्थापक संयोजक, प्रदेश नं २ (विद्यार्थी)
१७) दिनार श्रेष्ठ (चितवन)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
१८) दिनेश तामाङ (संखुवासभा)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
१९) शेखर मण्डल (बारा)–केन्द्रीय सदस्य (विद्यार्थी)
२०) सुनिल पोखरेल (गोरखा)– केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
२१) निरज बम (कैलाली)–केन्द्रीय सदस्य (विद्यार्थी)
२२) अर्जुन यादव (सर्लाही)–केन्द्रीय सदस्य (विद्यार्थी)
२३) भरत साफी(धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी)
२४) सुरेन्द्र शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी)
२५) हिमान्सु शाह (सिराह)–केन्द्रीय सदस्य (विद्यार्थी)
२६) रञ्जन कुमार शाह (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी)
२७) उचित दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)
२८) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी)
२९) रामसुधन फुयाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी)
३०) रमेश भण्डारी (सुर्खेत)–केन्द्रीय सदस्य (विद्यार्थी)
३१) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी)
३२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी)
३३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी)
३४) नितेश श्रेष्ठ (मकवानपुर)–केन्द्रीय सचिवालय सदस्य (विद्यार्थी)
३५) राकेश कुमार शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)
३६) जितेन्द्र कुमार दास (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)
३७) घनश्याम शाह (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)
३८) प्रणशु केशव झा (धनुषा)–केन्द्रीय सदस्य (विद्यार्थी)
३९) अनिता बास्कोटी (नवलपरासी)–केन्द्रीय सदस्य (विद्यार्थी)
४०) मनिस शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)
४१) अविनिश शर्मा (महोत्तरी)–केन्द्रीय सदस्य (विद्यार्थी)
४२) सञ्जिव सुवेदी (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी)
४३) सुजन केसी–केन्द्रीय सदस्य (विद्यार्थी)
४४) गणेश श्रेष्ठ (सिन्धुपाल्चोक)–केन्द्रीय सदस्य (विद्यार्थी)
४५) झलक छाडुली (मकवानपुर)–केन्द्रीय सदस्य (विद्यार्थी)
४६) संग्राम वल लामा–केन्द्रीय सदस्य (विद्यार्थी)
४७) विशाल रसायली–केन्द्रीय सदस्य (विद्यार्थी)
४८) आषिस दाहाल (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी)
४९) योगराज खड्का (बाजुरा)–केन्द्रीय सदस्य (विद्यार्थी)
५०) राजेन्द्र बलामी (नुवाकोट)–केन्द्रीय सदस्य (विद्यार्थी)
५१) सन्तोष नेपाली–केन्द्रीय सदस्य (विद्यार्थी)
५२) रञ्जित खड्की (काठमाडौँ)–केन्द्रीय सदस्य (विद्यार्थी)
५३) अनिस पन्त–केन्द्रीय सदस्य (विद्यार्थी)
५४) विवेक कुमार यादव–केन्द्रीय सदस्य (विद्यार्थी)
५५) प्रान्सु झा–केन्द्रीय सदस्य (विद्यार्थी)
५६) प्रमोद यादव–संयोजक, जेईसी (विद्यार्थी)
५७) मुकेश मिश्र–संयोजक, एनसीई (विद्यार्थी)
५८) रुपेश यादव–केन्द्रीय सदस्य (विद्यार्थी)
५९) योगेश दास–संयोजक, किस्ट (विद्यार्थी)
६०) पंकज दास–संयोजक, सगरमाथा (विद्यार्थी)
६१) प्रमोद यादव–संयोजक, जेक (विद्यार्थी)
६२) सुवास श्रेष्ठ, धादिङ (केन्द्रीय सदस्य विद्यार्थी)
६३) गणेश आचार्य, कास्की (केन्द्रीय सदस्य विद्यार्थी)
६४) शौरभ खत्री, मोरङ (केन्द्रीय सदस्य विद्यार्थी)
६५) कमल खड्का, संयोजक नेपालगञ्ज उपमहानगरपालिका तथा केन्द्रीय परिषद सदस्य, नयाँ शक्ति नेपाल
६६) जयाकुमारी खड्का, मेयरका उम्मेदवार (नेपालगञ्ज महानगरपालिका) तथा केन्द्रीय परिषद सदस्य नयाँ शक्ति नेपाल

 

 

 

कात्तिक ६, २०८१ बुधबार ३:१६:१५