नवनियुक्त दुई राज्य मन्त्रीद्वारा सपथ

बैशाख २६, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई राज्य मन्त्रीले मंगलबार दिउँसो पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित औपचारिक समारोहमा राज्य मन्त्रीहरुले सपथ लिनुभएको हो । नवनियुक्त राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपथ गराउनुभएको थियो ।
सपथ लिने राज्य मन्त्रीहरुमा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्रीमा यशोदा कुमारी लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुमित्रा थरुनी हुनुहुन्छ ।

कात्तिक ८, २०८१ बिहीबार १२:९:२९