नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकास, ‘प्रधानमन्त्री’

श्रावण ३१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकासका लागि सरकारले काम गर्ने बताउनुभएको छ ।
सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘आर्थिक विकासबिना मुलूकका अन्य उपलब्धिहरु संस्थागत हुन कठिन छ । नीजि क्षेत्र र सरकार मिलेर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ । आर्थिक विकास र समृद्धि सरकारको प्राथमिकतामा छ । यसमा तात्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न तपाईहरुको साथ, सहयोग र विश्वास रहनेछ ।’
भेटमा नीजि क्षेत्रका प्रतिनिधिहरुले आर्थिक विद्येयकहरु छिटो पारित गराउन, कालोबजारी ऐन संशोधन गर्न, तातोपानी नाका खुलाउन तथा पूर्वाधारको विकासका योजना अघि बढाउन आग्रह गरेका थिए ।

कात्तिक ६, २०८१ बुधबार १:१७:५७