नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरोको बैठक जारी

काठमाडौं, असार २१ । नेकपा (माओवादी केन्द्र) को बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षताम बस्यो, साथै सहिदप्रति श्रद्धाञ्जलीबाट बैठक सुरु भयो । बैठकमा ७ वटै प्रदेश र प्रवास अन्तर्राष्ट्रिय राजनीतिक तथा संगठनात्मक कामको रिर्पोटिङ राख्ने काम भयो । रिर्पोटिङको क्रममा माओवादीहरु बीचमा भएको पार्टी एकताले पार्टी पंक्ति, सहिद, वेपत्ता परिवार, घाइते अपाङ्ग, र आम जनतामा सकरात्मक प्रभाव र उत्साह पैदा गरेको छ । संगठनात्मक रुपमा अलि ठूलो आयोजक समिति बनेको सन्दर्भमा जनतातर्फ फर्कने नीति र सम्मेलन र महाधिवेशन मार्फत् चुस्त पार्टी कमिटी बनाउनु पर्ने सुझाव राखियो ।
संगठनात्मक र निर्वाचन विधिबारे कार्यदलको रिपोर्ट प्रस्तुत गरियो र भोलिको बैठकमा छलफल गरिनेछ । साथै सम्मेलनको कार्यतालिका महाधिवेशनको मिति केन्द्रीय संगठनात्मक संरचना, राजनीतिक परिस्थितिलगायतका विषयमा बुधबारको बैठकमा छलफल गरिने जानकारी गराइएको छ ।

कात्तिक ९, २०८१ शुक्रबार २१:१४:५५