नेकपा (माओवादी केन्द्र) नयाँ माओवादी स्कुलको संश्लेषणको बहसमा – अध्यक्ष क. प्रचण्ड

काठमाडौं, असार २५ । अध्यक्ष क. प्रचण्डले अखिल नेपाल ट्रेड युनियन महासंघहरूको राष्ट्रिय एकता सम्मेलनको उद्घाटन गर्दै सम्मेलनको पूर्ण सफलताको शुभकामना साथ मजदुहरुको एकताप्रति हार्दिक बधाई तथा शुभकामना दिनुभयो ।

अध्यक्ष कमरेड प्रचण्डले नेपालमा माओवादीले ठूलाठूला राजीतिक परिवर्तनका नेतृत्व गरेको, त्यसमा खासगरी विचारधारात्मक रुपले नयाँ स्कुलको विकास गरेको बताउनु भयो । साथै माओवादी केन्द्रमा नयाँ माओवादी स्कुलको संश्लेषणको बहसमा जुटेको र नयाँ संश्लेषण जरुरी रहेको बताउनु भयो । उहाँले सम्बोधनकै क्रममा माओवादी आन्दोलन सिद्धिनेछ भनेर आशा गरेका थिए प्रतिक्रियावादीहरूले, तर त्यसो भएन, हुने वाला पनि छैन र हुन दिनेवाला पनि छैनौ । उहाँले क्रान्तिकारी आन्दोलनमा हामीले निषेधको निषेध द्वन्द्वात्मक भौतिकवादी नियमको प्रयोग गर्दै आएका पनि बतानुभयो ।

अध्यक्ष क. प्रचण्डले सहिद परिवार, वेपत्ता योद्धा परिवार, घाइते योद्धाहरु, आमउत्पीडित जनतालाई हाम्रो पार्टी फुटले निक्कै चिन्तित बनाएको थियो । तर हामीले सहिदको सपना र जनताको भावनालाई पुरा गर्न हामीले आफैँलाई निषेध गरी नयाँ क्रान्तिकारी शक्तिको निर्माण गरेका बताउनु भयो ।

अध्यक्ष क. प्रचण्डले यो सम्मेलनबाट ट्रेड युनियन आन्दोलनमा एउटा सशक्त नयाँ टिम निर्माण हुने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।

अध्यक्ष क. प्रचण्डले हाम्रो एकताले जनतामा नयाँ आत्म विश्वास, आशा र विश्वास पैदा गरेकोछ, अहिलेदेखि नै ‘जनताका माओवादी, जनताको घरमा’ भन्ने नारासहित अभियानको तय गरेको र यो अभियान मंसिर महिनासम्म सञ्चालन हुने बताउनु भयो ।
अध्यक्षले यसैक्रममा हाम्रो आन्दोलनको केन्द्रविन्दु फेरिएको, जनयुद्ध सुरु गर्दा ग्रामिण इलाकालाई आदोलनको केन्द्र बनाएको र अबको आन्दोलन शहरमा केन्द्रित भएको बताउनु भयो । साथै यो सम्मेलनबाट पार्टीको मुल कार्यदिशाअन्तर्गत मजदुरमा सशक्त नयाँ सांगठनिक टिम बनाउन सफल हुनेमा आफू विश्वस्तरहेको बताउनु भयो ।
अध्यक्ष कमरेड प्रचण्डले एकता सम्मेलनकाे क्रममा पार्टीका सेलाका मिटिङ, गाउँपालीकाका सम्मेलन, नगरपालीका सम्मेलन, जिल्लाका सम्मेलन, प्रदेश सम्मेलन र महाधिवेशनलाई व्यापक र भव्य जनपरिचालनका साथ सम्पन्न गर्ने निर्णय भएको पनि बताउनु भयो ।

कात्तिक १०, २०८१ शनिबार ११:१९:२