नेपाल–चीन सम्बन्ध सुदृढ गर्न भ्रमण महत्वपूर्ण : प्रधानमन्त्री

चैत १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदैै यसक्रममा उच्च स्तरीय भेटघाट र छलफल हुने बताउनु भयो ।
प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण मुलतः सदभावना भ्रमण भएको जानकारी दिँदै यसक्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी दिनु भयो ।
प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र विज्ञ ज्यूका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त भेटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना महत्वपूर्ण सुझाव राख्नुभएको थियो ।

कात्तिक ९, २०८१ शनिबार ०:९:४९