नेपाल सरकारका सचिवहरुसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुसँग छलफल गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्नुभएको थियो ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि मंगलबार प्रधानमन्त्रीले निर्देशनात्मक सम्वोधन गर्ने कार्यसूचि रहेको छ।

कात्तिक ६, २०८१ बुधबार ३:१७:०