नेपाली काँग्रेसका सभापति शुसील कोइरालाको निधनमा अध्यक्ष प्रचण्डद्वारा जारी वक्तव्य

श्री सुशील कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहदै आउनुभएको थियो । उहाँ नेपाली कांग्रेसका एक दृढ र त्यागी नेता हुनुहुन्थ्यो । संविधान निर्माण तथा घोषणाको क्रममा सुशील कोइरालाले राष्ट्रिय सहमति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, जुन अविस्मरणीय रहेको छ । संविधान कार्यान्वयनको वर्तमान अवस्थामा उहाँको निधनले ठुलो क्षति भएको छ ।

 

वक्तव्य
पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको आज विहान १२ः५० वजे आकस्मिक निधन भएको खबरले हाम्रो पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र व्यक्तिगत रुपमा मलाई गम्भिर र स्तव्ध बनाएको छ ।
श्री सुशील कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहदै आउनुभएको थियो । उहाँ नेपाली कांग्रेसका एक दृढ र त्यागी नेता हुनुहुन्थ्यो । संविधान निर्माण तथा घोषणाको क्रममा सुशील कोइरालाले राष्ट्रिय सहमति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, जुन अविस्मरणीय रहेको छ । संविधान कार्यान्वयनको वर्तमान अवस्थामा उहाँको निधनले ठुलो क्षति भएको छ ।
आदरणीय सुशील कोइराला प्रति हाम्रो पार्टी हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दछ र यस शोकाकुल घडीमा नेपाली काँग्रेसका समग्र पार्टी र उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
विद्यमान नेपाली राजनीतिको चुनौतिहरुको सामना नेपाली राजनीतिक दलहरु मिलेर मात्र गर्न सकिन्छ भन्ने सुशील कोइरालाको दह्रो मान्यता रहदै आएको थियो, यही मान्यतालाई दह्रोसँग आत्मसाथ गर्नु नै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
२६ माघ, २०७२

………………………..
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

 

कात्तिक ७, २०८१ बिहीबार २:१५:१९