नेपाली जनतालाई स्थिरता, शान्ति, विकास र उन्नति चाहिएको छः अध्यक्ष प्रचण्ड

महोत्तरी, २७ बैशाख । अध्यक्ष प्रचण्डले स्थिरता, शान्ति, विकास र उन्नती चाहिएको बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलनको आज बर्दिवासमा उद्घाटन गर्दै यस्तो बताउनु भयो । अध्यक्षले भन्नुभयो, ‘जनता र राजनीतिक दल मिलेर अगाडि बढ्यौं भने १० वर्षमा देशलाई नयाँ ठाउँमा पुर्याउने छौं । संविधान कार्यान्वय, पुनर्निर्माण, शान्ति प्रक्रियालाइृ पूर्णता दिने, जनताको जनजीविकाको समस्या हल गर्ने, मधेसको समस्या हल गर्न राष्ट्रिय एकताको खाँचो छ । यसको निम्ति राष्ट्र र जनताले दिएको जिम्मालाई बहन गर्न तयार हुने नै छु । सामाजिक न्याय, आर्थिक विकास, कृषिमा नयाँ क्रान्तिकारी भूमिसुधारको जरुरत छ । मधेसी जनतालाई भ्रम दिएर सामन्ती दलाल र जििमन्दारहरुले फेरी उत्पीडनमा राख्न सक्ने खतरा छ । सामन्ती, जाली फटाहा, दलाल मधेस र पहाड जहाँको भए पनि सामन्ती दलाल नै हुन् ।’ cm2

कात्तिक ६, २०८१ बुधबार ५:१०:३८