‘नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता हो’

नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिन्छ ।

शुभकामना
विश्व सर्वहारा–श्रमजीवी वर्गका महान गुरु कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा संसारभरका सम्पूर्ण वामपन्थी सर्वहारावादी कम्युनिष्ट क्रान्तिकारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । कार्ल माक्र्सले आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको छ ।

मार्क्सले प्रतिपादन गर्नुभएको मार्क्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र श्रमजीवि वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित थियो । मार्क्सवादको आविष्कार पछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भयो ।

मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धीको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल मार्क्सले अगाडि सार्नु भएको थियो ।

नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिन्छ । वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता हो । त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गर्दछु । यसरी नै हामीले कार्ल माक्र्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न सकिन्छ ।
कार्ल मार्क्स र मार्क्सवाद अमर रहोस् !


२२ बैशाख, २०७८ (०५ मई)
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Suvakamana-Karl_Marx_Dibas-CMprachanda_078-01-22

कात्तिक ६, २०८१ बुधबार ४:२:३५