नेपाली सेनाको संरचना परिवर्तन गर्ने मन्त्री परिषदको निर्णय

बैशाख २९, काठमाडौं । नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको छ ।
आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो । यसैगरी बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरवन्दी यथावत राखी ३४० जनालाई समायोजन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनु भयो ।
प्रवक्ता कार्कीका अनुसार आजको बैठकले २ नंसहितका प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गरी ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारको संयोजकत्वमा रक्षामन्त्री बालकृष्ण खाड् र कानूनमन्त्री अजयशंकर नायक सदस्य रहेको समिति गठन गरेको छ ।

कात्तिक ९, २०८१ शुक्रबार ८:१०:४७