न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन हुँदैनः अध्यक्ष प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन नहुने बताउनुभएकाे छ । आज भरतपुरमा पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ ।’

अध्यक्षले महाभियोगको विषयमा चर्चा र छलफल नभएकाे उल्लेख गर्दै पाँचवटै पार्टी जुटेर गठबन्धनले एउटा धारणा बनाउँने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘कांग्रेसको कोटाबाट यसअघि मन्त्री बन्नुभएका र उहाँले पछि राजीनामा दिएपछि यो विवाद बल्झेको छ, यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल गरेर एउटा धारणा सार्वजनिक गर्नेछौँ ।’

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवन जिल्ला नछोड्ने बताउनुभयाे । उहाँले चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् भन्दै चितवन छोडेर अन्त नजाने दृढता व्यक्त गर्नुभयाे ।

कात्तिक ८, २०८१ बिहीबार ८:२:४३