पन्ध्र दिनभित्र संविधान संशोधन विधेयक पेश गरिने

_DSC7523कार्तिक २९, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मधेशी गठबन्धनको आग्रह बमोजिम आगामी पन्ध्र दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गरिने वताउनु भएको छ ।
आज शिंहदरवारमा संघीय गठबन्धनको स्मरणपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा वताउनु भएको हो । उहाँले गठबन्धनको स्मरणपत्रलाई आफूले सकारात्मक रुपमा लिएको वताउँदै जायज माग पूरा गर्न आवश्यक पहलकदमी लिइरहेको जानकारी गराउनु भयो ।
मधेशी, जनजाति, थारु, दलित, खस मोर्चासहितको साझा संघीय गठबन्धनका तर्फवाट प्रधानमन्त्रीलाई प्रस्तुत गरिएको स्मरणपत्रमा आगामी पन्ध्र दिन भित्र मोर्चासँगसमेत सहमति गरी संविधान संशोधन विधेयक संसदमा दर्ता गर्न माग गरिएको छ ।
सो अवसरमा गठबन्धनका तर्फवाट उपेन्द्र यादवसहितका नेताहरुले संशोधन प्रस्ताव दर्ता गरेपछिमात्रै संसदमा रहेका दलहरुसँग सहमतिको प्रयास थाल्न आग्रह गरेका थिए ।

कात्तिक ७, २०८१ बुधबार ११:२३:२४