परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गराैंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्ने बताउनुभएकाे छ । नेकपाका नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे, ‘केही अराजक तत्वहरु यो ब्यवस्थाकै विरुद्ध लागि परेका छन्, जनतालाई भ्रममा पार्दै हत्केलाले सूर्य छेक्न खोज्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गर्न म युवा विद्यार्थीलाई विशेष निर्देशित गर्न चाहन्छु ।’

संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध सुनियोजित रुपमा अफवाह फैलाउने अराजक समूहको प्रतिवाद गर्न पार्टीका युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कलिलै छ, कलिलोमै यसलाई मार्न सकिन्छ कि भनेर प्रतिक्रियावादीहरु लागिरहेका छन्’ अध्यक्ष प्रचण्डले भन्नुभयाे।

‘आजभोलि त्यो प्रयास भइरहेको छ। परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट गर्नुपर्छ, संकल्प गर्नुपर्छ, अध्यक्ष उहाँले भन्नुभयाे, केही अराजक तत्वहरु यो ब्यवस्थाकै विरुद्ध लागि परेका छन्, जनतालाई भ्रममा पार्दै हत्केलाले सूर्य छेक्न खोज्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गर्न म युवा विद्यार्थीलाई विशेष निर्देशित गर्न चाहन्छु ।’

उहाँले पोष्टबहादुर बोगटीको निष्ठा र काम फत्ते गर्ने शैलीलाई सबै नेता कार्यकर्ताले अनुशरण गर्नुपर्ने बताए। जनयुद्ध कालमा जति पनि अप्ठ्यारो काम बोगटीकै नेतृत्वमा फत्ते गरेको बताउनुभयाे । ‘सवैले प्रेरणा लिनुपर्नै बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्थ्यो बोगटी,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘श्रमजीवी वर्गको एउटा भरपर्दो नेता हुनुहुन्थ्यो बोगटी।’

कात्तिक ८, २०८१ शुक्रबार ४:८:२