पर्यटन आर्थिक विकासको अनन्त यात्रा : अध्यक्ष प्रचण्ड

काठमाडौं, २८ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको बताउनु भएको छ । बुधबार दिउँसो नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले त्यसका लागि पूर्वाधार विकासमा लाग्नुपर्ने बताउनुभयो ।

‘अहिलेको युग पानीको युग हो । विश्लेषकहरुले अब तेस्रो विश्वयुद्ध भए पानीकै कारणले हुने विश्लेषण गरेका छन् । अहिलेको दुनियाँमा पानी नै विश्वको सबैभन्दा ठूलो शक्ति हो’, उहाँले भन्नुभयो ‘नेपालको आर्थिक विकासको एउटा अनन्त यात्रामा जाने व्यवसाय भनेको पर्यटन नै हो । हामीले पर्यटनका लागि आवस्यक पर्ने पूर्वाधारहरु विकास गर्नेमा ध्यान केन्द्रित ग¥यौँ भने पर्यटन व्यवसाय त्यस्तो व्यवसाय हो जसको कहिँ अन्त्य छैन ।’

प्रचण्डले थप्नुभयो, ‘पर्यटन कहिल्यै नसकिने समृद्धिको आधार हो । यो अनन्त हुन्छ, पर्यटनको विकास नेपालको समृद्धिको प्रमूख आधार पनि हो । नेपालमा हामीसँग यति धेरै नदीनाला छन् । हामीले आर्थिक समृद्धिको नयाँ संकल्प गर्दैछौं, त्यसको सबैभन्दा महत्वपूर्ण आधार पानी नै हो ।’

‘पानीका बहुआयमिक विशेषता छन् । तर, हामीले सीमित क्षेत्रमा मात्रै यसको प्रयोग गरेका छौं’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जलविद्युत, पिउने पानीको निर्यात, ¥याफ्टिङ लगायतका विविध क्षेत्रबाट नेपालले लाभ लिन सक्छ । यस अन्तरक्रियाले त्यसका लागि सार्थक सामग्री प्रदान गर्ने आशा लिएको छु ।’

‘सरकार विकास र समृद्धिको नयाँ यात्रामा छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सबै क्षेत्रमा ठोस योजना बनाएर वामपन्थी सरकार अघि बढ्छ ।’

कात्तिक ७, २०८१ बुधबार १०:१३:२