पार्टी एकता राष्ट्रको समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षाका निम्तिः अध्यक्ष प्रचण्ड

बुटवल । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी एकता राष्ट्रको समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति भएको बताउनुभएको छ । बुटवलस्थित नेकपाको ५ नम्बर प्रदेश कार्यालयमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै एमाले र माओवादी बीचको एकता कुनै प्रतिक्रियावादीले दिएको बरदान नभएको बताउनुभयो । माघ महिना भित्रै पार्टीका सबै तहमा एकता हुने दाबी गर्दै उहाँले माघ महिनामै पार्टी केन्द्रको बैठक बोलाएर एकतालाई अनुमोदन गरिने जानकारी दिनुभयो ।

समयले हरेक ब्यक्तिलाई पाठ सिकाउने बताउँदै अध्यक्ष प्रचण्डले पहिलो संबिधानसभामा माओवादीमा पलाएको दम्भ र एमालेले सिकेको पाठले आफु र केपी ओली पार्टी एकताको चरणसम्म पुगेको बताउनुभयो । उहाँले पार्टीको स्थानीय तहमा एकता गर्ने क्रममा सबै जिल्लालाई रुपन्देहीले उछिनेको भन्दै स्थानीय नेताहरुलाई बधाई समेत दिनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १२:११:१