पार्टी एकताका विषयमा छलफल गर्दै एकता संयोजन समितिको बैठक सम्पन्न

काठमाडौं, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा एकता प्रक्रियासँग जोडिएका विषयमा गहन र सकारात्मक छलफल भएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको उपस्थितिमा संयोजन समितिका सबै सदस्यहरु सहभागी बैठकले नेतृत्व, संगठन, राजनीतिक कार्यदिशा, लगायतका सबै विषयमा छलफल गरेको थियो ।

दुबै पार्टीबीच निकै सकारात्मक ढंगले चलेको आजको छलफलको निक्र्यौलका आधारमा भोली फेरि संयोजन समितिको बैठक बस्ने छ ।

भोली बस्ने बैठकले आज भएको छलफलका आधारमा पार्टी एकता प्रक्रियालाई औपचारिकरुपमा टुंग्याउन बिभिन्न कार्यभार सम्पन्न गर्नका लागि कार्यदल गठन गर्ने विषयमा छलफल गर्ने छ ।

एकता संयोजन समितिको बैठक अघि दुबै पार्टीले आन्तरिक छलफल गरेका थिए । त्यसअघि दुबै पार्टीका अध्यक्षबीच एकता प्रक्रियाका बारेमा छलफल भएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार २३:९:७