पूर्व अतिरिक्त न्यायाधीशहरुको प्रधानमन्त्रीसँग भेट

असोज २०, काठमाडौं । पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशहरुको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पूनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशहरुले सातै प्रदेशमा उच्च अदालत र १० स्थानमा बेञ्च गठनको निर्णय भइसकेको सन्दर्भमा आफूहरुलाई संवैधानिक व्यवस्थाअनुसार नै पूनर्नियुक्तिको व्यवस्था गरी दिन प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको थियो । भेटमा पूर्व न्यायाधीशहरुले नवगठित उच्च अदालत र बेञ्चका लागि थप न्यायाधीश आवश्यक पर्ने भन्दै त्यसका लागि आफूहरुलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको थियो ।
भेटमा प्रधानमन्त्रीले पूर्व अतिरिक्त न्यायाधीशहरुको चासोप्रति आफू सकारात्मक रहेको भन्दै संवैधानिक प्रावधान हेरेर सरकारले आवश्यक निर्णय लिने जानकारी दिनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १६:१३:३४