पूर्व सभासदसहितका केन्द्रीय नेताहरु माअाेवादी केन्द्रमा प्रवेश

असाेज ८, नेपालगञ्ज। पूर्व सभासद एवं नेकपाका केन्द्रीय नेता अशाेक राेकाय, नयाँ शक्तिका केन्द्रीय नेता एवं पूर्व डिभिजन सहायक कमाण्डर दुर्गाबहादुर थारुकाे नेतृत्वमा केन्द्रीय नेतासहित १८७ जना कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्।
कार्यक्रममा राजपाका नेता एवं गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार त्रिवेणी कुर्मी, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मुवारक शेष लगायतकाे टिम माअाेवादी केन्द्रमा प्रवेश गरेकाे हुन्। कार्यक्रममा नयाँ शक्ति, राजपा, नेपाली कांग्रेस, नेकपा एमाले, संघीय फाेरम, नेकपा (विप्लव समूह) लगायतबाट नेता कार्यकर्ता माअाेवादीमा प्रवेश गरेका हुन्।
कार्यक्रममा बाेल्दै पूर्व सभासद एवं नेकपाका नेता राेकायले क्रान्तिकाे अभिभारालाई सम्झेर अाफू माअाेवादी केन्द्रमा अाएकाे बताउनु भयाे। कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेता वर्षामान पुन लगायतका नेताहरुले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभएकाे थियाे।
पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “क्रान्तिकाे बाटाे सरल हुँदैन, याे राजमार्गमा हिडेजस्ताे हुँदैन। परिस्थितिकाे लेखाजाेखा गरेर नै क्रान्तिलाई घुमाउराे बाटाेमा लगिएकाे हाे। सिधै हिड्छौं भनेकाे भए बर्मा, मलाया, फिलिपिन्स, पेरुझैं ध्वस्त हुन्थ्याे। त्याे देखेर नै मैले नयाँ क्रान्तिकाे तयारीका लागि क्रान्तिकाे बाटाे माेडेकाे हुँ। क्रान्ति जारी छ, हामी समाजवादी क्रान्तिकाे तयारीमा छ। यसका लागि माअाेवादीका विभिन्न धारा लगायतका परिवर्तन चाहने शक्तिहरु एक हुनैपर्छ।”

कात्तिक १०, २०८१ शनिबार १२:१६:१०