पोलिट्ब्यूरो बैठकमा प्रधानमन्त्रीद्वारा राजनीतिक परिस्थितिबारे जानकारी

मंसीर १८, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पोलिट्ब्यूरो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउनु भएको छ ।
जारी पोलिट्ब्यूरो बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले नेताहरुलाई जानकारी गराउनु भएको हो । बैठकमा प्रचण्डले संविधान संशोधनमा सबै सहमति जुटाउन सरकार प्रयत्नशील रहेको जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले प्रमूख प्रतिपक्षी र मधेशी मोर्चासँग सरकार निरन्तर सम्वादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको छ ।
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक विषयमा छलफल चलिरहेको बैठकमा आइतबारदेखि नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूचि रहेको छ ।

कात्तिक ८, २०८१ बिहीबार १०:१९:२६