पोलिट्ब्यूरो बैठकमा संविधान संशोधनबारे छलफल

मंसीर १४, काठमाडौं । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी ने.क.पा. (माओवादी केन्द्र) को पोलिटब्यूरो बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले संविधान संशोधनबारे दलहरुबीच भएको छलफल र प्रगतिबारे बैठकलाई जानकारी गराउनु भएको थियो ।
बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भन्नुभयो, ‘आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनबारे भएको प्रगतिबारे जानकारी गराउनु भयो । हिजो राष्ट्रपतिज्यूसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ ।’ पोलिट्ब्यूरो बैठक बुधबार पुन बस्नेछ ।

कात्तिक ७, २०८१ बुधबार १७:३:८