प्रधानमन्त्री देउबा र अध्यक्ष प्रचण्डबीच पारिवारिक भेटघाट

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज अपरान्ह पारिवारिक भेटघाट भएको छ ।

ललितपुर खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवास पुग्नुभएका प्रधानमन्त्री देउबाले अध्यक्ष प्रचण्डकी जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

प्रम देउबाले सल्लाहकार दाहालकाे शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । सल्लाहकार दाहालले प्रधानमन्त्री देउबालाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना पनि गर्नुभएको थियो ।

प्रधानमन्त्री देउबाले करीब १ घण्टा खुमलटारमा बिताउनुभएको थियो । सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का समेतको उपस्थिति थियो ।

कात्तिक ७, २०८१ बुधबार ११:७:३३