प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच लाजिम्पाटमा छलफल

जेठ २९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बेलुका प्रधानमन्त्री देउवा अध्यक्ष निवास लाजिम्पाट आउनु भएको थियो । प्रधानमन्त्री र अध्यक्षबीच सरकार सञ्चालन, मन्त्रीपरिषद बिस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग बार्ता र सम्वादको प्रक्रिया पनि जारी नै राख्ने समझदारी भएको छ ।

कात्तिक ८, २०८१ बिहीबार १०:१७:२७