प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट

असार १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता भएको छ ।
शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकार सञ्चालन र मन्त्री परिषद बिस्तार लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल भएको थियो ।
शुक्रबारको छलफलमा प्रधानमन्त्री र अध्यक्ष बीच थप गृहकार्य गरेर छिटै मन्त्री परिषद बिस्तार गर्ने र सरकार सञ्चालन एवं दुई पार्टीबीचको गठबन्धन सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको थियो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पहिलोचोटी बालुवाटारमा छलफल भएको हो ।

कात्तिक ६, २०८१ बुधबार ३:१८:९