प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटबार्ता सुरु

भदौ ३१, काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा भेट बार्ता प्रारम्भ भएको छ ।
चार दिन लामो राजकीय भ्रमणका लागि हिजो नयाँ दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्डले आज भारतीय समकक्षी समक्ष औपचारिक भेट गर्न लाग्नु भएको हो । भेटमा नेपाल–भारतका प्रधानमन्त्रीबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा छलफल हुनेछ ।

कात्तिक ७, २०८१ बुधबार १५:१९:०