प्रधानमन्त्री प्रचण्ड राेम प्रस्थान

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको United Nations Food Systems-2023 Stocktaking Moment मा भाग लिन नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएकाे छ । अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहमा उहाँकाे सम्बोधन रहनेछ । हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ ।

कात्तिक ७, २०८१ बुधबार १६:१४:३६