प्रधानमन्त्री प्रचण्ड र तिब्बत स्वायत क्षेत्रका पार्टी सचिवबीच भेटवार्ता

तिब्बत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनु भएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ र  Xizang Autonomous Regian (तिब्बत स्वायत क्ष्रेत्र) का CPC पार्टी सचिव H.E. Wang Junzheng बीच भेटवार्ता भएको छ । पार्टी सचिवले नेपालका सम्माननीय प्रधानमन्त्री प्रचण्डलाई ल्हासामा स्वागत गर्न पाउँदा आफु धेरै खुशी भएको र राष्ट्रपति सी को प्रत्यक्ष निर्देशन र चासो अनुसार नै आफुले मानसरोवरसम्मको यात्रालाई सहजिकरण गर्ने बताउनुभयो।
उहाँले प्रधानमन्त्री ज्यूको चीन भ्रमण अति नै सान्दार रुपमा सफल भएको र भ्रमणको क्रममा भएका सम्झौता कार्यान्वयन गर्न तिब्बत जनसरकार विशेष रुपले लाग्ने बताउनु भयो।
सम्माननीय प्रधानमन्त्री ज्यूले आफ्नो भ्रमण पुर्ण रुपमा सफल भएको र आफु उत्साहित भएको तथा भ्रमणले आफुमा उर्जा थपेको बताउदै राष्ट्रपति सी, प्रधानमन्त्री ली, जनकाङ्ग्रेसका अध्यक्ष , हुदै छुङ्किन महानगरका पार्टी सेक्रेटरी र तिब्बतका पार्टी सेक्रेटरी (CPC का उर्जावान पोलिटब्युरो सदस्य द्वय) सङ्गको भेटवार्ता र त्यस क्रममा भएका ऐतिहासिक छलफल तथा समझदारी दुइ देशको संयुक्त बक्तव्य सम्म आउदा भ्रमण सफलताको पुष्टी गरेको छ।
छलफलमा छिमेकी मुलुकको प्रान्त भएकोले सहमति कार्यान्वयनमा यसको विशेष भुमिका रहने बताउनु भएको छ। चीनले नेपालसङ्गको बाणिज्य – व्यापार आपसी सहयोग र सहकार्यका छ।धेरै कामहरु TAR मार्फत गर्ने भएकोले नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतसङ्गको सम्बन्धलाई हार्दिकतापुर्वक सन्चालन गर्न तिब्बत समेतको भ्रमणले महत्वपुर्ण योगदान गर्नेछ।

कात्तिक ७, २०८१ बुधबार १२:१९:३०