प्रधानमन्त्री प्रचण्डबाटअबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण

अबुधावी । कोप-२८ मा सहभागी हुन युएई आइपुग्नुभएका सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गर्नुभयो। उहाँले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिनुहुँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयाे, ‘जलवायु परिवर्तनको प्रभावबाट सिर्जित समस्याको कारण हामी होइनौं। हामीले नगरेको कर्मको भारी बोकेका छौँ। नेपाल कोप २८ मा माग्नेको रूपमा होइन अधिकार कायम गर्ने गरी प्रस्तुत हुन्छ। कोपमा हाम्रो उपस्थिति यही मनस्थिति र तयारीका साथ रहेको छ।’

सम्माननीय प्रधानमन्त्रीज्यूलाई दूतावासमा UAE का लागि नेपाली राजदुत महामहिम तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका कामकारबाहीको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो।

कात्तिक ६, २०८१ बुधबार ३:३३:५