प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री भट्टराईबीच भेट

माघ २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेट भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल चलिरहेको छ । छलफल अहिले पनि जारी छ ।

कात्तिक ६, २०८१ बुधबार ३:२०:३२